बारा, माघ २०: जिल्लाको रमपुर्वा गाँउमा बिगत ४र५ बर्ष देखि साधु (बाब) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पंचायतका ५३ वर्षीय रामेश्वर भन्ने हरी नारायण शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले आइतबार एक घरमा खाना खाने बहाना बनाई बसी पीडिताको बुवा तथा परिवारका व्यक्तिहरू नभएको मौका पारी धाकधम्की देखाई जबरजस्ती कारणी गरेको प्रहरीले जनकारी दिएको छ । ।
करणी पश्चात भाग्न लागेको अवस्थामा घरपरिवार लगायतका स्थानीय मानिसहरूको सहयोगमा शर्मालाई इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले तत्काल पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेको तथा अभियुक्तलाई पीडित नबालिकाको बुवाले यस कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा निज रामेश्वर भन्ने हरी नारायण शर्मा उपर सम्मानित बारा जिल्ला अदालतबाट जबजस्ती करणी मुद्दामा ७ दिन म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।
बालविवाह गर्ने गराउने पक्राउ
बारा फेटा गापा वडा नं १ की १५ वर्षीया सोनम कुमारी कुशवाहाको बालविवाह पर्सा वीरगंज महानगरपालिका वडा नं २७ का २१ वर्षीय राजकुमार प्रसाद कुशवाहासँग गरेको भनि यस कार्यालयमा प्राप्त सुचनाको आधारमा खटिएको प्रहरी टोलिले बालविवाह गर्ने उनीहरुलाई पक्राउ गरेको हो ।
साथै बिवाह गराई दिने बेहुलाका बुवा प्रभु महतो र बेहुलीका बुवा पन्नालाल प्रसाद कुशवाहा समेतलाई पक्राउ गरी प्रहरी प्रतिवेदन साथ जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेकोमा निजहरु उपर सम्मानित बारा जिल्ला अदालतबाट बालविवाह मुद्दामा ५ दिन म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।