एसएसपी राणालाई हिरासतमा राख्न पाँच दिन म्याद थप

रिपोर्ट नेपाल | 2020 Feb 03 | 05:04 pm 1844

काठमाडौं, माघ २०: आइतबार बलात्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् । पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै शुक्रबार प्रहरीमा किटानी जोहरी दिएकी थिइन् ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत अनुसन्धान जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.