- महेश सिंह
सिरहा, माघ १९: शनिवार सिरहाको धनगढीमाई नगरपालिका ११ मा निःशुलक स्वास्थ शिविर सम्पन्न गरिएको छ ।
धनगढीमाई नपा ११ को आयोजनामा भएको एक दिने निःशुलक स्वास्थ शिविरमा मधुमेह, हाईब्लड प्रेसर, थाइराइड, पिसाब सम्बन्धि रोग, महिला सम्बन्धि सेतो पानि बग्ने, पाठेघर खस्ने जस्ता रोगहरुको शिविरमा चेकजाँच तथा उपचार गरिएको थियो ।

न्यूरो सर्जन डा सुभाष चौधरी, एमविविएस (एमडी) डा लुस्युन यादव र अनमी पार्वति चौधरी, ल्याव टेक्निसियन चन्दा चौधरी लगायतका डाक्टर टालीले विरामीहरुको उपचार गरिएको धनगढीमाई नगरपालिका वडा न ११ का सचिव अवीर चौधरीले जानकारी दिए ।
शिविरमा विशेषगरी अस्पतालसम्म पुग्न नसकेका गरिब, दलित लगायत सवैको लागि सहज रुपले स्वास्थ्य सेवा लिन सकोस भन्ने उद्देश्यले शिविर संचाल गरेको धनगढीमाई नगरपालिका वडा न ११ का वाडा अध्यक्ष गंगाराम यादवले बताए ।
उक्त स्थानमा रहको श्री आधारभुत विद्यालय धनगढीमाई नगरपालिका वडा न ११ नैनपुर बरगाछी चौतारामा विहान १० बजे देखि ४ बजे सम्म संचालन भएको शिविरमा १ सय भन्ला बढी व्यक्तिले स्वास्थय सेवा लिएका थिए ।