चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ४ पुग्यो, अर्को महामारी बर्ड फ्लु फेला

रिपोर्ट नेपाल | 2020 Feb 02 | 10:07 am 2119

काठमाडौं, माघ १९: चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ४ जना पगेको छ ।

संक्रमणकालिन अवस्थामै फेरि चीनमै अर्को महामारी निम्त्याउने बर्ड फ्लु (H5N1) भाइरस फैलिएको बताइएको छ। कोरोना भाइरसको केन्द्रविन्दु वुहान नजिककैको हुनान प्रान्तबाट बर्डफ्लु फैलन थालेको हो।

चिकित्सकका अनुसार बर्ड फ्लु कोरोना भाइरस भन्दा पनि बढी खतरनाक हुने बताएका छन्। तर, अहिलेसम्म बर्डफ्लुबाट चीनमा मानिसको ज्यान गएको खबर प्राप्त भएको छैन।

बर्डफ्लु हुनानको सुअङ्गक्वीङ जिल्लास्थित एक कुखुरा फर्मबाट फैलिएको हो। सो फार्मका ७ हजार ८ सय ५० कुखुरा र ४ हजार ५ सय चल्लाहरु बर्डफ्लुका कारण मरेका छन्।

ठूलो फार्ममा भएका सबै कुखुरा मर्नेगरी बर्डफ्लु फैलिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रका १७ हजार ८ सय २८ वटा कुखुरा फार्म नष्ट गरिएको बताइएको छ।

देशव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सैयौं मानिसहरुको ज्यान गइरहेका बेला एकैसाथ बर्डफ्लु समेत देखिएपछि बेइजिङ थप दबाबमा परेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.