अवैध लागूऔषध तथा भरुवा बन्दुकसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 01 | 01:11 pm 1882

पर्वत, माघ १८: अवैध लागूऔषध खरिदबिक्रि गर्ने एक कारोबारी बन्दुकसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाँउपालिका १ भुकताङ्ले झिल्लीबर्याङ घर भएका ३० वर्षीय मुक्तबहादुर आलेमगर गाँजा, चरेश र बन्दुकसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

आलेमगरको साथबाट प्रहरीले कोठा भित्र बोरामा लुकाएको अवस्थामा १ किलो ग्राम गाँजा, ५० ग्राम चरेश र एउटा १२ बोरको एक–नाले बन्दुक बरामद गरेको हो ।

आलेमगर माथि लागूऔषध सम्बन्धी कसुर र हातहतियार खरखजाना सम्बन्धी एकिकृत कसुरमा मुद्धा दर्ता गरिएको प्रहरीले जनाएका छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.