ललिता निवासको जग्गा छानविन प्रतिवेदन ब्यूरोद्वारा गृह मन्त्रालयमा पेश

रिपोर्ट नेपाल | 2020 Jan 31 | 08:32 pm 2054

काठमाडौं, माघ १७: काठमाडौं महानगरपालिका वडा नं ४ बालुवाटार स्थित रहेको ललिता निवास भित्रको सरकारी जग्गा हिनामिना भएको सम्बन्धि छानविन प्रतिवेदन ब्यूरोले गृह मन्त्रालयमा बुझाएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्ले २०७५ चैत २८ मा निर्णय गरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मेवारी सुम्पिए बमोजिम छानविन कार्य सम्पन्न गरी सोको प्रतिवेदन तालुक प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल मार्फत तालुक गृह मन्त्रालयमा बुझाईएको ब्यूरोले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.