उपकार इँटा उद्योगका एक मजदूर मृत फेला

रिपोर्ट नेपाल | 2020 Jan 31 | 05:01 pm 2006

काभ्रे, माघ १७: शुक्रबार काभ्रेको एक इँटा उद्योगमा एक जना मजदूर मृत फेला परेको छ । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर मृत अवस्थामा फेला परेको हो।

मृत्यु हुनेमा भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय आज बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदूरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए।

बिहान ७ बजे काममा आउनुपर्ने काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए। सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.