गोरखा, माघ १७: टिपरको ठक्करबाट गोरखामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हनेमा गोरखा नगरपालिका १० अमलापानीका ५२ वर्षीया मनमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । उनलाई स्थानीय गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिएको हो । उनी विहान दूध पुर्याउन जाँदै गरेकी अवस्थामा ठक्कर दिएको बुझिएको छ ।
उक्त दुर्घटना पश्चात् स्थानीयले घटनाको विरोधमा टिपरमा आगजनी गरेका छन् । उनीहरुले ती महिला लडेपछि ब्याक गरेर किचेर मारेको दाबी गरेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।