जिल्ला अदालत अर्घाखाँचीद्वारा छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद र नातिनी बलात्कार गर्ने हजुबुबालाई २० वर्ष कैद फैसला

| 2020 Jan 31 | 10:37 am 3646

अर्घाखाँची, माघ १७ जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबरजस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।

उनी विरुद्ध गत साउन २ गते जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले जानकारी दिए ।

१० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानूनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए ।

त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.