नेविसंघको तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना मनोनीत

रिपोर्ट नेपाल | 2020 Jan 30 | 01:57 pm 1603

काठमाडौं, माघ १६: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना मनोनीत भएका छन् ।

कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार सुनसरीका ढुंगानालाई बिहीबार सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् ।

उनी नेविसंघका तत्कालीन अध्यक्ष प्रदीप पौडेलको कार्यकालमा मनोनीत कोषाध्यक्ष थिए।

नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन गरेपछि गत वर्ष माघदेखि नेविसंघ नेतृत्व विहीन थियो ।

२०७५ असोज २१ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो ।

३२ वर्ष मुनिको समिति आउनुपर्ने माग गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिरहेका छन् ।

नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ। संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गर्ने मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.