चितवन, माघ १६: बुधबार चितवनको माडीमा एक वृद्धालाई सामुहिक बलात्कार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माडी–४ शिलतपुरका १८ वर्षय सन्दिप भण्डारी, २८ वर्षय रमेश सारु मगर र २५ वर्षय सुरेश चापागाई रहेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।
माडी नगरपालिका–२ शितलपुरमा बोल्न नसक्ने वृद्धालाई पूजा भएको ठाउँबाट घरतर्फ फर्किने क्रममा खोला छेउ नजिक लगेर उनीहरुले बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दिप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । बाँकी दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको बभताइएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ ।
पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।