काठमाडौं, माघ १५: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको छ। अध्यक्षद्वयको तर्फबाट प्रचण्डले बैठकमा प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा महाधिवेशनको मिति, पार्टी गुटबन्धी, संगठन सुधार, कमजोरीका विषयलगायत विषय समेटिएका छन्।
प्रतिवेदनमा एकता महाधिवेशन ०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा ०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन गर्ने उल्लेख छ।
पूर्व–एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि पहिलो पटक नेकपा केन्द्रीय समितिमा बुधबारदेखि एजेन्डागत छलफल सुरु गरेको हो। उद्घाटन सत्रको कार्यक्रम बुधबार सकिएको छ।
बैठकमा बुधबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सम्बोधन गरे भने अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गरेका छन्।
(पूर्णपाठ)