कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

रिपोर्ट नेपाल | 2020 Jan 29 | 12:50 pm 1799

काठमाडौं, माघ १५: चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमाबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । यस भाइरसबाट चीनमा मात्र ५ हजार ९ सय ७४ संक्रमित भएका छन् ।

यस्तै चीन भन्दा बाहिरको ८२ गरी पुरा ६ हजार ५६ मा यस भाइरसको संक्रमण देखिएको सीएनएनले उल्लेख गरेको छ ।

कोरोनाको संक्रमणले सास फेर्न निकै गाह्रो हुने र निमोनियाको संकेत देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसैगरी चीन सरकारले तीब्र गतिमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रण गर्न दुई दिनमा हजार शैंयाको अस्पताल बनाएको छ ।

यसअघि ६ दिनमा पूरा गर्ने भनेको चीनले दुई दिनमै हजार शैंयाको अस्पताल तयार गरेको हो ।

हुबेई प्रान्तको वाङ्जाउ जिल्लामा यस अस्पताल निर्माण भएको डेलीमेलले जनाएको छ । ह्वान्ग्याङ सेन्ट्रल हस्पिटलको शाखाको रुपमा यो नयाँ अस्पताल निर्माण गरिएको हो । अस्पतालले उपचारको काम शुरु गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.