एक युवकलाई समुद्री माछाले आक्रमण गर्यो

रिपोर्ट नेपाल | 2020 Jan 29 | 12:31 pm 2194

एजेन्सीः माछा मारिरहेका एक युवकलाई समुद्री माछाले आक्रमण गरेका छ। त्यो आक्रमण गर्ने माछा निकै घातक मानिन्छ।

उक्त माछाले युवकलाई आफ्नो चुच्चोले प्रहार गरेका छन्। माछाको चुच्चोले युवकको घाँटी नै छेडिदिएको छ।

यो घटना इन्डोनेशियाको हो। बेलायती समाचार पोर्टल डेली मेलका अनुसार इण्डोनेशियामा गएको शनिबार सुलाभेसी प्रान्तमा माछा मारिरहेको बेला १६ वषीय युवक इदुलमाथि फ्लाइङ नीडलाफिश माछाले आक्रमण गरेको हो। आक्रमण यति घातक थियोकी ती युवा बालबालले बाँचे।

युवकलाई उडेर आएको माछाले आक्रमण गरेको बताइएको छ। घटनापछि डाक्टरहरुले सर्जरी गरेर युवकको घाँटीबाट माछालाई बाहिर निकालेका छन्।

युवकको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.