गाँजा तस्करलाई पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार

रिपोर्ट नेपाल | 2020 Jan 29 | 12:08 pm 1686

मकवानपुर, माघ १५: बुधबार बिहान १ बजेतिर गाँजा तस्करलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न एक महिला र दुई पुरुष रहेका छन् ।

भारत मोजफापुरका अजयमल सवारी, सञ्जिव पाश्वान र जाहेरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

सोही क्रममा प्रहरीको गाडी दुर्घटान हुँदा प्रहरीसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौंडा–११ बाट उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको थियो ।

यसैबीच लागूऔषध तस्कर पक्राउ गरेर थानाभर्‍याङबाट हेटौंडा तर्फ आउँदै गरेको वडा प्रहरी कार्यालयको भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी सहित पाँचजना प्रहरी घाइते भएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.