रौतहट, माघ १५: गएराति रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको छ । गोली लागेर आपराधिक समूहका १ व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा २० वर्षीय चाँद अली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
जिल्लाको इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको हो ।
आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरी गस्ति टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहले गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा चलाएको गोली शेख चाँदको खुट्टामा लागेको हो।
प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ।