मालपोत कार्यालय सिमराबाट ६ जना बिचौलिया लेखापढी पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 28 | 07:00 pm 2172

बारा, माघ १४: सिमरा मालपोत कार्यालयबाट बिचौलियाको रुपमा काम गर्दै आएका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कार्यालयभित्र फाइल खोजिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराबाट सादा पोशाकमा खटिएका प्रहरीले ६ जना विचौलिया पक्राउ गरेको हो।

नियन्त्रणमा लिएका मध्ये अधिकांश लेखापढी व्यवसायी भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका लेखापढी व्यवसायीको नाम भने सार्वजनिक गरेको छैन। मालपोत कार्यालय सिमरामा सेवाग्राहीको काम बिचौलिया तथा लेखापढी व्यवसायीको माध्यमबाट हुने गर्दछ।

समान्य ५० सय रुपैयाँमा हुने काम लेखापढी व्यवसायीले ५ सयदेखि हजार रुपैयाँसम्म लिने गरेको सेवाग्राहीको गुनासो बढिरहेका बेला प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको हो।

मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यका अनुसार प्रहरीले मालपोत कार्यालय भित्रबाट सादा पोशाकमा आएर विनाजानकारी लेखापढी व्यवसायी नियन्त्रण लिनु त्यति उचित नभएको बताए।

उनले भने, आज सुरक्षा गार्ड छुट्टीमा बसेको भएर केही लेखापढी व्यवसायीभित्र छिर्नु भएको हुन सक्छ। तर उहाँहरूले विना सूचना सादा पोशाकमा आएर काम विशेषले आएका मान्छेलाई नियन्त्रणमा लिनु भएछ’ ‘म आफ्नो कार्य कक्षमै थिए। उहाँहरूले लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर गएपछि मात्रै मलाई जानकारी भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.