एपीएफका पाँच जना वरिष्ठ उपरीक्षक नायव महानिरीक्षकमा बढुवा सिफारिस

रिपोर्ट नेपाल | 2020 Jan 28 | 07:48 am 1532

काठमाडौं, माघ १४: सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ उपरीक्षक नायव महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

सिफारिसमा पर्नेमा कृष्णभक्त ब्रम्हाचार्य, बंशिराज दाहाल, हरिशंकर बुढाथोकी, ई। किशोर प्रधान र राजेन्द्र बस्नेत रहेका छन् ।

बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका ब्रम्हाचार्य एसएसपीमा वरिष्ठतामा दोस्रो स्थानमा थिए । पहिलो नम्बरका बुढाथोकी तेस्रो नम्बरमा पुगेका छन् ।

तेस्रो नम्बरका बस्नेत पाँचौ नम्बरमा पुगेका छन् । एसएसपीमा उनीहरुसँगै बढुवा भएका हरिश्चन्द्र अधिकारी भने बढुवा सिफारिसमा पर्न सकेनन् ।

पाँचौ नम्बरका दाहाल दोस्रो र छैठौं नम्बरका प्रधान चौथो स्थानमा बढुवा सिफारिसमा परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.