जुम्ला, माघ १३: सोमबार जुम्लामा घर लिप्नको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई सासु बुहारीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया सासू नाक्चे सुनार र बुहारी २४ वर्षिया स्यानुमाया सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए।
उनका अनुसार घर लिप्ने रातो माटो ल्याउनको लागि मालाभिडको दुनी खोला भन्ने ठाउँमा उनीहरु पुरिएका बताए।
माटोको ढिस्को भासिएपछि पुरिएर दुई जनाको मृत्यु भएको हो। त्यस्तै, सोही ठाउँमा माटो ल्याउनका लागि गएकी गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी चन्दननाथ नगरपालिका चारकै पन्चकन्या सुनार घाइते भएका छन्।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। मृतक दुवै जनाको शव भने कर्णाली स्वास्थ्य विज्ञानको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।