तनहुँ, माघ १३ बाघको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं ४ लोईपाखाका सुक बहादुर सुनारको छोरा १० वर्षीय ईस्क सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबा साँझ अन्दाजी ६ः४० बजेको समयमा घर नजिकै आगनमा खेल्ने क्रममा चितुवाले आक्रमण गरी घर नजिकै रहेको लोईपाखा जंगल तर्फ लगेको पाइएको थियो ।
खोजतलासपछि बालक सोही स्थानको खोल्सामा मृत अवस्थामा फेला परेको थियो । बालकको घाँटीमा प्वाल परेको र शरिरको अन्य भागमा केही पनि नभएको प्रहरीले बताएको छ ।
उक्त घटनास्थलमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठ सहितको प्रहरी टोली खटिई घटनाको सुक्ष्म रुपमा अनुसन्धान भईरहेको बताइएको छ ।