काठमाडौं, माघ १३: अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लक्ष्मीमार्ग वेल्टारी नगरपालिका ९ का २६ वर्षीय रामदेब चौधरी रहेका छन् ।
उनलाई चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागूऔषध नाईट्राभेट ७१ ट्याब्लेट सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७०९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार रामदेवलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।