बारा प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट, चार फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 27 | 07:30 pm 2145

बारा, माघ १३: अवैध रुपमा लागएको गाँजा खेती प्रहरीद्वारा नष्ट गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बारा मातहत सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले बाराको बिश्रामपुर गाउँपालिका वडा नं १ स्थित भगदुरही मठ प्राङ्गनमा अवैध रुपमा लगाइएको करिब २ सय बोट लागूऔषध गाँजा खेती फडानी तथा आगो बाली नष्ट गरिएको प्रहरीले बताएको छ।

त्यसैगरी जालसाजी, सार्वजनिक अपराध, हक कायम मुद्दामा जरिवाना ठहर भई फरार चार जना अभियुत्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाबारा परवानीपुर गाउँपालिका वडा नं २ का ३२ वर्षीय मुकेश साह कानु, पचरौता नगरपालिका वडा नं ४ का ६० वर्षीय नागिन्द्र महरा, महागढिमाई नगरपालिका वडा नं ९ का ६० वर्षीय भुवाली महतो नुनिता र ६५ वर्षीय भरत महतो नुनिया रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको विभिन्न मितिको फैसला पश्चात् फरार रहेका थिए ।

अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.