दुई महिनादेखि जानकी मेडिकल कलेज ठप्प

| 2018 Jun 27 | 06:52 pm 4173

धनुषा, १३ असार : दुई महिनादेखि जानकी मेडिकल कलेज ठप्प भएपछि मेडिकल कलेजका विद्यार्थीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । सरकारले कलेज सञ्चालन गर्न पहल नगरेको भन्दै उनीहरुले बुधबार प्रदेश सरकारविरुद्ध नाराबाजी गरे ।

कलेजको होस्टलमा बिजुली काट्दा ५ सय विद्यार्थी मारमा परेका छन्। ुहोस्टलमा विद्युत्, खानेपानी, खाना केही छैन, कति दिनसम्म भोकभोकै बस्ने भन्दै प्रदेशसभा घेराउ गरेका हौुं प्रदर्शनमा सहभागी विद्यार्थीले भने।
१४ महिनादेखि सञ्चालकले तलब नदिएको भन्दै कलेजमा कार्यरत कर्मचारीले कलेज ठप्प पारेको छ। सञ्चालक बेपता हुँदा कर्मचारीको आन्दोलनले विद्यार्थी मारमा परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.