काठमाडौं, माघ १३: नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताको शपथ नगराउन माग गर्दै बाहिर प्रदर्शन गरिरहेको अवस्थामा सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्टिपति विद्यादेवी भण्डारीबाट सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नेछन्। करिब ४ महिनाबाट रिक्त रहेको प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ।
गत असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएका थिए ।
सभामुखमा नेकपाबाट सापकोटाको भन्दा अरू उम्मेदवारी नपरेपछि सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए । सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन्।