एसईईको नतिजामा लापरवाही गर्नेहरुलाई तत्काल निलम्बन गर्न नेवि संघकाे माग

| 2018 Jun 27 | 06:15 pm 3270

बुटवल, असार १३ : एसईईको नतिजामा लापरवाही गर्नेहरुलाई तत्काल निलम्बन गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ ।

नेपाल विद्यार्थी संघले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी एसईई परीक्षाको नतिजामा लापरबाही गर्ने राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारी तथा कर्मचारीलाई निलम्बनसहितको कडा कार्वाही गर्न माग गरेको हो ।

एसईई परीक्षाको नतिजामा लापरबाही गर्ने बोर्डका पदाधिकारीलाई निलम्बनसहितको कार्वाही तत्काल गर्न मन्त्री पोखरेलसँग माग गरिएको संघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।

गत शनिवार भएको एसईईको नतिजा त्रुटिपूर्ण रहेको भन्दै बोर्ड आफैले सच्याएपछि त्यसको विरोध भइरहेको छ । संघले गल्ती गरेको स्वीकार गरिसक्दा पनि बोर्डमाथि कडा कार्वाही गर्न चासो नदिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलप्रति आक्रोश पनि व्यक्त गरेको छ ।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले एसईई परिक्षाको नतिजामा त्रुटि भएको भन्ने विषयलाई गम्भिरतापूर्वक छानवीन गरी आवश्यक कार्वाही गर्ने आश्वासन दिएका छन् । सरकारले सो सम्बन्धमा यथार्थ पत्ता लगाउन छानविन समितिनै गठन गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.