मोटरसाइकल दुर्घटनामा परी भद्रपुरमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 26 | 01:44 pm 1603

झापा, माघ १२: भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

ज्यान जानेमा मोरङ जिल्ला उर्लाबारी ९ का ३१ वर्षीय धिरेन तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गएराति बेलुका ८ बजे दमक नगरपालिका नयलबारीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३५ प १०५५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.