सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई दुई लाख जरिवाना र पाँच वर्ष कैद हुने

रिपोर्ट नेपाल | 2018 Jun 27 | 06:00 pm 4194

काठमाडौँ, १२ असार : महानगरीय अपराध महाशाखा काठमाडौंले सामाजिक सञ्जाल दुरुपयोग गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

महाशाखाले बुधबार सार्वजनिक महत्वपूर्ण सूचना निकालेर सामाजिक सञ्जाल दुरुपयोग गरी विद्युतीय स्वरुपमा गैरकानुनी प्रकाशन गर्नेलाई कारबाही हुने भन्दै सचेत रहन आग्रह गरेको हो। अर्काको नामको नक्कली खाता फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्स्ट्राग्रामलगायतका सामाजिक सञ्जालमा रहेका फोटोलाई अश्लिल बनाई पोस्ट गर्ने, भिडियोहरु बनाई सेयर गरी ईज्जत प्रतिष्ठामा आँच पुर्‍याउनेजस्ता गतिविधि बढेकोप्रति महाशाखाले ध्यानाकर्षण भएको जनाएको छ।

त्यस्तै सामाजिक सञ्जालबाट धाकधम्की दिने, ब्ल्याकमेल गर्ने, कुनै व्यक्ति एवं स‌ंघ संस्थाउपर जनमानसमा भ्रम सिर्जना गर्ने कुराहरु लेखी अपमान एवं गालिगलौज गरी कमेन्ट गर्नेजस्ता गतिविधि पनि भइरहेको सूचनामा उल्लेख छ।

महाशाखाका अनुसार विद्युतीय कारोबार (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.