ट्रयाक्टर दुर्घटनामा परी बैतडीमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 25 | 01:15 pm 1917

बैतडी, माघ ११: जिल्लाको सुर्नया गाउँपालिका–२ सिन्केलेकमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–६ मनहेराका २६ वर्षीय दिलकुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।

महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा शुक्रबार राति से २ त ९०१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। दुर्घटनाबारे शनिबार बिहानमात्रै जानकारी भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.