बरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा मुद्दा दायर, बन्लान त सापकोटा सभामुख ?

रिपोर्ट नेपाल | 2020 Jan 24 | 01:39 pm 1976

काठमाडौं, माघ १०: लामो समयको रस्साकस्सीपछि सभामुख बन्नका लागि एकल उम्मेदवारी परेका नेकपा अध्यक्ष प्रचण्डका विश्वासपात्र अग्नीप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दायर भएको छ ।

सांसद बन्दा र मन्त्री बन्दा केही नहुने सभामुख बन्दा केले राक्छ भन्दै नेकपाका नेताहरुले अभिव्यक्ति दिई रहेका बेला शुक्रबार सर्वोच्चमा सापकोटा विरुद्ध मुद्दा दायर भएको हो ।

कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका सापकोटालाई गरिमामय संसदको सभामुख बनाउन लागिएको भन्दै बरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले सभामुख बनाउने प्रकृया तत्काल स्थगीत गर्नका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

अधिवक्ता त्रिपाठीले सभामुख बन्ने पक्का भइसकेको सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थिती गराउन समेत माग गरेका छन् । माघ १२ गते आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट सापकोटा निर्विरोध सभामुख चयन भएको घोषणा गर्ने कार्यसूचीमा उल्लेख छ ।

बरिष्ठ अधिवक्ता त्रिपाठीले संसदको बैठक अगावै सभामुखमा चयन गर्ने प्रकृया स्थगीत गर्न अन्तरिम आदेशको मागदावी गरेका छन् । सापकोटा विरुद्ध द्वन्द्वकालका समयमा काभ्रे छत्रवासका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप छ । अपहरणमा परेको झण्डै दुई महिनापछि लामाको सव चारकिल्ला भन्ने ठाउँमा फेला परेको थियो ।

२०६२ सालको बैशाख १७ मा अपहरणमा परेर मृत फेला परेका लामाकी श्रीमती पूर्णमाया लामाले अग्नी सापकोटा लगायतका अन्यलाई विपक्षी बनाई किटानी जाहेरी दिएकी थिइन ।

बरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीद्वारा दर्ता गरिएको सभामुख चयन गर्ने कुरालाई स्थगीत गर्ने कुरा संम्भवत आइतबार विहान सुनुवाई हुने संम्भावना रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.