नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना संयुक्त अभ्यास काठमाडौंमा हुने

| 2020 Jan 24 | 12:50 pm 4676

काठमाडौं, माघ १०: नेपाली सेना र अमेरिकी सेनाको एक महिना संयुक्त अभ्यास काठमाडौंमा हुने भएको छ ।

आउँदो फागुन ५ गतेदेखि संयुक्त सैन्य अभ्यास शुरु हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ । उपत्यका भित्र रहेको काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ ।

संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुने जनाइएको छ । एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र शहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.