अस्ट्रेलियामा डढेलो निभाउने क्रममा एक विमान दुर्घटना, तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 24 | 12:19 pm 2004

सिड्नी, (एजेन्सी) : अस्ट्रेलियामा विशाल डढेलो निभाउने कार्यमा रहेको एउटा विमान दुर्घटना हुँदा त्यसमा सवार तीनजना व्यक्तिको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बिहीबार बिहान १ बजेर ३० मिनेट जाँदा अधिकारीहरुको उक्त सि – १३० हक्र्युलिस विमानसँग सम्पर्क विच्छेद भएको बताइएको छ ।

न्यु साउथ वेल्सको हिउँले ढाकिएको पहाडमा सो विमान दुर्घटना हुनुको कारण अझै थाहा हुन सकेको छैन।

मृत्यु हुनेमा अमेरिकी नागरिक भएको बताइएको छ । गर्मी र सुख्खा मौसमको कारण यस राज्यमा असी स्थानमा भन्दा बढी आगलागी फैलिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.