उपमेयर अमेरिकामा लुकेपछि नगरका काम अलपत्र

| 2020 Jan 23 | 02:08 pm 2399

सुर्खेत, माघ ९: जनताको मत लिएर जनप्रतिनिधि बनेका नेताले जनताको सेवालाई भन्दा आफूले मेवा खान पल्केका भनेर आरोप लागीरहेकै बेला कालिकोटकी एकजना जनप्रतिनिधि अमेरिका पुगेर गायव भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार नगरपालिका संघको आयोजनामा गत कात्तिकमा राखिएको गोष्ठीमा सहभागी हुन गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली सम्पर्क विहीन भएकी छन् ।

नगरपालिका संघले केही मेयर उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागीता गराएको थियो । २०७४ को बैशाखमा भएको स्थानीय निर्वाचनमा १ हजार ८ सय ४३ मत ल्याएर उपमेयर विजयी भएकी दन्ता नेपाली सम्पर्क विहीन भएपछि नगरपालिकाका धेरै काम अलपत्र परेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.