अपराध र अपराधी समृद्ध मुलुक निर्माणको बाधक : आईजीपी खनाल

रिपोर्ट नेपाल | 2020 Jan 19 | 02:53 pm 1403

तनहुँ, माघ ५ : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराध र अपराधीविरुद्ध कहिले नचुक्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा निर्माण हुने इलाका प्रहरी कार्यालय भवनको शिलान्यास कार्यक्रममा खनालले यस्तो बताएका हुन । खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माणको बाधक भएको बताए ।

अपराधीलाई कानुनी दायरामा ल्याई कानुन बमोजिमको सजाय दिलाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले सञ्चालन गरेको विभिन्न जनलक्षित गतिविधि तथा कार्यक्रमले समाजमा शान्ति सुव्यवस्था कायम गरी अपराध नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका खेलेको खनालको दाबी छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) विनोद शर्मा घिमिरेले नवनिर्माण हुन लागेको प्रहरी भवनले प्रहरी सेवा प्रवाहमा थप ऊर्जा थप्ने एवं कार्य सम्पादनमा सहजता आउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.