फेरि बढ्यो सुनको मूल्य

रिपोर्ट नेपाल | 2020 Jan 15 | 12:36 pm 1844

काठमाडौँ, माघ ०१ : बुधबार नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ७०० बढेर ७४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुन बुधबार तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि बढेको छ । मंगलबार तोलामा रु ८८० मा कारोबार भएको चाँदी बुधबार बढेर रु ८८५ मा कारोबार भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.