देउवाद्वारा माघेसङ्क्रान्तिकाे शुभकामना- भाषा, धर्म, संस्कृति र चाँडपर्वले नेपालकाे

रिपोर्ट नेपाल | 2020 Jan 15 | 11:46 am 1624

काठमाडाैं, माघ ०१ : नेपाली कांग्रेसको सभापति शेरबाहदुर देउवाले नेपाली धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भावना वढाएको बताएका छन् ।

माघेसङ्क्रान्ति आवसरमा शुभकामना सन्देश जारी गर्दै देउवा भनेका छन् – ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको छ ।’

नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल भएकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता भएको पनि सभापति देउवाले बताए ।

यहाँ बसोबास गर्ने जातिहरुले एकले अर्काकोलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा भएकोसमेत उनकाे भनाइ छ ।

माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.