कांग्रेस नेता भण्डारीद्वारा माघे संक्रान्तिको शुभकामना

रिपोर्ट नेपाल | 2020 Jan 15 | 11:29 am 1413

– रमेश विश्वकर्मा

गुल्मी, माघ १ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सम्पूर्ण नेपाली जनतालाई माघे संक्रान्तिको शुभकामना दिएका छन् । नेता भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत देश विदेशमा रहेका सम्पुर्ण नेपाली जनतालाई शुभकामना दिएका हुन् ।

शुभकामना दिदै नेता भण्डारीले विश्वमा नै हाम्राे चाडपर्व र संस्कृती अत्यधिक वैज्ञानिक र विविधतापूर्ण रहेको बताएका छन् ।

चाडपर्व र संस्कृतीको संवर्द्धन र संरक्षण गरि आउने पुस्तालाई हस्तान्तरण गर्ने हामी सबैको दायित्व रहेको उल्लेख गर्दै नेता भण्डारीले भने-‘हामीले हाम्रो आउँदो पुस्तालाई हाम्रा पुर्खाले दिएको गाैरवशाली इतिहास, चाडपर्व र संस्कृतिको नासाे सुम्पन सकाैं भन्ने आशा र विश्वास लिएको छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.