दृष्टिबिहीन अमिट सगरमाथाको चुचुरोमा पुग्ने

रिपोर्ट नेपाल | 2020 Jan 12 | 05:48 pm 1366

काठमाडौं, पुस २७ : बाग्लुङ जिल्लाका दृष्टिबिहीन युवा अमिट केसीले आगामी चैत्रमा सगरमाथाको चुचुरोमा पुग्ने प्रण गरेका छन् ।

सगरमाथा आरोहणको निरन्तरताको क्रममा अपाङ्गता भएका व्यक्ति समेत चढेको देखेपछि हौसला बढेको बताउने केसीले सहयोगको याचना समेत गरेका छन् । पूर्ण रुपमा दृष्टिबिहीन रहेका केसीले परिवारको भरण पोषणकाल लागि खाईपाई आएको दृष्टिबिहीन राहत दरबन्दी प्राबि स्तरको त्यागेर विश्वको उच्च सगरमाथा चढ्ने साहस र प्रयत्न गरेका छन् ।

आरोहण गर्ने अभियानमा केसी सात वर्षदेखि लागी परेका छन् । सगरमाथा आरोहणका लागि अमिटले सम्पूर्ण तालिम समेत सम्पन्न गरिसकेका छन् । २०७२ पुस ८ गते उनले सोलुखुम्बु जिल्लामा रहेको ६ हजार १ सय ८ मिटर उचाईको आइसल्याण्ड पिक र चैत्र ८ गते ६ हजार ६ सय ५४ उचाईको मेरापिकमा समेत सफलता हसिल गरिसकेका छन् ।

उनले सगरमाथा आरोहण गर्ने भएपछि दृष्टिबिहीन अमिट केसी सगरमाथा आरोहण अभियान २०७६ नामको संस्था बनाइएको छ । उनलाई सहयोग गर्न चाहाने दाताले ९८४७७४९१९७ मा खबर गर्न सकिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.