तीन जिल्लाका सिडिओ फेरिए

रिपोर्ट नेपाल | 2020 Jan 12 | 05:29 pm 1076

काठमाडौं, पुस २७ : गृह मन्त्रालयले आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।

कपिलवस्तु, रौतहट र सोलुखुम्बुका सिडिओ फेरिएका छन् । कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई सिडिओका रुपमा पठाइएको छ । पौडेल अध्यागमन कार्यालय, घिमिरे कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए ।

कपिलवस्तुका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, रौतहटका कामु सिडिओ किरण थापाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका बेदनिधी खनालको सहायक सिडिओका रुपमा रुपन्देहीमा सरुवा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.