भीरबाट लडेर सल्यानमा दुई जनाको मृत्यु

| 2020 Jan 11 | 08:52 pm 1934

सल्यान, पुस २६ः भीरबाट लडेर सल्यानमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्मा गाउँपालिका ४ मसिनाका ५५ वर्षीय दलबहादुर बोहरा र वडा न ४ सर्सुखोलाका २४ वर्षीय गणेश रावतको रहेका छन् ।

बोहराको लाँखुरेडाँडाको भित्री सडकखण्डको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको शनिबार बिहान मृत्यु भएको हो।

त्यस्तै, रावतको शनिबार बिहान नै भैँसी टाकुरी भीरमा शव फेला परेको हो। बिहीबार देखी हराएका रावतको खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.