तनहुँ, पुस २५ः जिल्लाको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । अन्य २५ यात्रु घाइते भएका छन् ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
ग १ ख ६१७५ नम्बरको बस पाल्पाको रामपुरबाट भिमाद आउँदै गर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिए।
गम्भीर घाइतेहरुलाई उपाचरका लागि पोखरा पठाइएको रेग्मीले बताए। अन्य घाइतेको भने भिमादका स्वास्थ्य क्लिनिकहरुमा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।