काठमाडौं, पुस २४ :नेपाली कांग्रेसको निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डामलामा सरकारले ल्याएका विवादित विधेयकको विरुद्ध विरोध सभा गरेको छ ।
नेपाली कांग्रेसले संसदीय समितिले पारित गरेर संसदमा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको बोल्न पाउने अधिकार अथवा अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित गर्न खोजेको भन्दै विरोध सभा गरेको हो ।

विरोध सभामा सरकारले नेपाल ट्रष्टलाई सरकारी जग्गा उपभोगका लागि दिएकोदेखि बालुवाटारको जग्गा अतिक्रमण र सूचना प्रविधि विधेयकले नागरिकलाई सरकारको विरोध गरेको आधारमा पाँच वर्ष जेल हाल्नेलगायतका मुद्दालाई समेटेर विभिन्न नाराहरु तथा प्लाकार्ड प्रदर्शन गरेका थिए । विरोधसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले सम्बोधन गरेका थिए ।
