काठमाडौं, पुस २३ : नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई आइतबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन लगिएको हो ।
नेपालको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो । त्यसमा एक हजार रुपैयाँ धरौटी तिरेर छुटेका उनीहरुलाई अध्यागमन कार्यालयले पक्राउ गरेको थियो । ती सबै १ सय २२ जनालाई आफ्नो देश लैजान चीनले नै विमान पठाएको छ ।
पहिलो लटमा प्रहरीले ४० चिनियाँलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुराएकाे थियाे । दोस्रो लटमालाई बाकीँ सबै भने प्रहरीकै भ्यानमा राखेर विमानस्थल पुर्याइएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सोह्रखुट्टे सिंहदरबार र महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।