प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै विरोध प्रदर्शन

रिपोर्ट नेपाल | 2020 Jan 06 | 05:39 pm 2218

काठमाडौँ, पुस २१ : प्रदेश ३ को नाम नेवाः ताम्सालिङ प्रदेश राख्नुपर्ने भन्दै विभिन्न जातीय संस्थाहरु विरोधमा उत्रिएका छन् । बागमती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन , प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश नामकरण गर भन्ने नारा लगाउँदै सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोधमा आदीवासी जनजाति महासंघ, किरात राई यायोक्खा केन्द्रिय कार्य समिति, समाजवादी नेवाः संघलगायतका संघसस्थाहरुको आयोजनामा विरोध प्रदर्शन भएको हो।

यसअघि नेकपना सचिवालय बैठक प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.