चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 06 | 11:35 am 1579

तनहुँ, पुस २१ः आइतबार साँझ चितुवाको आक्रमणबाट आँबुखैरेनीमा एक बालकको ज्यान गएको छ।

ज्यान जानेमा आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगर रहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ।

नजिकै रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको बुझिएको छ ।

बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत विद्यार्थी हुन् ।

उनी धेरैबेरसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २ सय मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.