काठमाडौं, पुस २१ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकल ढंगले विधान विपरित चलाएको भन्दै बैठक बहिष्कार गरेका बरिष्ठ नेता रामचन्दै पौडेल समुहले सोमबार देखि आफू निकटका जिल्ला सभापतिको भेला बोलाएका छ ।
पार्टीको केन्द्रीय बैठकमा अनुपस्थित भएपछि सभापति देउवाले बहुमतबाट पार्टीको महाधिवेशनको तालिका सार्वजनिक गरेपछि पौडेल समुह आक्रोशित बनेको थियो ।
करिब चालीस जिल्लाका सभापति जुट्ने अनुमान गरेको पौडेल समुहमा सिटौला समुह समेत समावेश हुने भएको छ ।
सोमबार बिहान ११ बजे देखि पार्टी कार्यालय सानेपामा हुने भेलामा धनकुटामा रहेका छुट्टै समुहको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला भने आउने नआउने टुङ्गो छैन ।
सभापति देउवालाई दवाब दिनका लागि बोलाइएको जिल्ला सभापतिको भेलाबाट कस्तो निश्कर्ष आउने हो र त्यसले सभापति देउवालाई कस्तो असर पार्ने हो त्यो भने हेर्न बाँकी नै छ ।