प्रदेश ३ को राजधानी हेटौंडा बनाउने निर्णयले नेकपाकै सांसद अलमल

रिपोर्ट नेपाल | 2020 Jan 06 | 07:53 am 2029

काठमाडौं, पुस २१ः सत्ताढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा बोल्ने भन्ने विषयमा सकस भएको छ ।

त्यसैले, हेटौडामा प्रदेश ३ को नेकपा संसदीय दल बैठक तीन दिनसम्म चल्यो तर, राजधानीबारे टुंगो लाग्न सकेन ।

नेकपा प्रदेश प्रमुख सचेतक रामेश्वर फुँयालले बैठकले प्रदेश राजधानीबारे निर्णय गर्न नसकेको बताए । सांसदहरुले प्रदेश राजधानीका विषयमा हेटौंडाको पक्ष र विपक्षमा बोलेको छन् ।

धेरै सांसदलले प्रदेश राजधानी हेटौंडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफूहरुले मान्ने बताएका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.