नारायणकाजी श्रेष्ठद्वारा राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता

रिपोर्ट नेपाल | 2020 Jan 05 | 03:07 pm 1652

काठमाडौं, पुस २०ः नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । उनीसँगै महिलातर्फ सदस्यको लागि नेकपाका भगवति न्यौपानेले पनि मनोनयन दर्ता गरेकी छिन् ।

नारायणकाजी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

राष्ट्रियसभाको रिक्त १८ पदका लागि आउँदो माघ ९ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवार दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ। सातै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.