कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 05 | 12:14 pm 1923

काठमाडौं, पुस २०: कृषि विकास बैंक ह्याकिङ्ग गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नम्बर २ का ४३ वर्षीय दिपक नेपाल रहेका छन् ।

उनी नाईजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बाईका साथै नेपालमा बसी नेपाल बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब (५० मिलयन डलर) भन्दा बढी ह्याक गरी लैजाने योजना बनाएका थिए ।

उनले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी एक करोड रकम सहित ठगी गरी फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पुस १८ गते शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धानको लागि आइतबार महाशाखाको केन्द्रीय कार्यालय परिसरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.