ट्रक दुर्घटना हुँदा म्याग्दीमा एकको ज्यान गयो

रिपोर्ट नेपाल | 2020 Jan 05 | 10:37 am 1712

म्यादी, पुस २०ः जिल्लाको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमामा गएराति ट्रक पल्टिँदा चालकको ज्यान गएको छ ।

ज्यान जानेमा ट्रकका चालक २८ वर्षीय भगवान् कुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

सोही ठाउँस्थित रहेको निलगिरी हाइड्रोपावरको काम माटो फाल्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

ट्रक सडकबाट ५० मीटर तल खसी गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा म्याग्दीको बेनी अस्पतालमा ज्यान गभएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.