काठमाडौं, पुस १९ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियससभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।
माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टी नेपालसँग तालमेल गर्ने भएको छ ।
सहमतिअनुसार प्रदेश २ मा हुने ४ सदस्य पदमा कांग्रेस र समाजवादी पार्टीले २, २ उम्मेदवारी दिनेछन् ।
यी हुन् कांग्रेसका उम्मेदवार
प्रदेश १ नीरबहादुर विश्वकर्मा –पाँचथर (दलित), मिना पुलामी मगर–सुनसरी (महिला) राजेन्द्र घिमिरे–झापा अन्य ।
प्रदेश २ नगिना यादव –महोत्तरी (महिला),भोला पञ्जियार–धनुषा (अल्पसङ्ख्यक )पाङ्गता ।
प्रदेश ३ हरिशरण श्रेष्ठ –सिन्धुपाल्चोक अन्य, छलीकुमारी शर्मा उपाध्याय –चितवन ।
गण्डकी प्रदेश सूर्यप्रसाद रेग्मी –स्याङ्जा अन्य, बिमला गौचन –म्याग्दी महिला ।
प्रदेश ५ बालकृष्ण पाण्डे– अर्घाखाँची अन्य गिरिजा न्यौपाने–दाङ महिला,
मेराज हलवाई–बाँके अल्पसङ्ख्यक÷अपाङ्गता ।
कर्णाली प्रदेश डिल्लीराम पाठक–सुर्खेत अन्य सावित्री पौडेल– सुर्खेत, महिला ।
सुदूरपश्चिम प्रदेश प्रताप ठगुन्ना–बैतडी अन्य, तुलसी देवकोटा– कैलाली ।